स्रोत नखुलेको रकम बरामद, गाडी र चालक प्रहरीको नियन्त्रणमा

स्रोत नखुलेको रकम बरामद, गाडी र चालक प्रहरीको नियन्त्रणमा
सांकेतिक तस्बिर

विराटनगर : हुलाकी सडक खण्डअन्तर्गत मोरङको कटहरी गाउँपालिका–३ बाट मंगलबार बिहान  स्रोत नखुलेको रकम बरामद भएको छ । उक्त रकम ओसारपसारमा प्रयोग गरिएको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले स्रोत नखुलेको ४ लाख ६२ हजार ५ सय नेपाली रूपैयाँ बरामद भएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर अभिषेक श्रेष्ठ नेतृत्वको टोलीले प्रदेश १–०२–००२ च ६६१० नम्बरको टाटा योद्धा पिकअप गाडीलाई बिहानका राति १ :३५ बजेतिर नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । 

विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको गाडी चेकजाँच गर्दा स्रोत नखुलेको नेपाली रूपैयाँ फेला परेको हो । बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि गाडीसहित चालक जहदा गाउँपालिका–२ का अन्दाजी २४ वर्षीय विशाल टुडूलाई नियन्त्रणमा लिइएको एसपी कटवालले बताए । 

बरामद भएको रकम,नियन्त्रणमा लिइएको गाडी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि,थप अनुसन्धानबाट सबै कुरा प्रष्ट हुने प्रहरीले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.