सामाजिक सञ्जालमा अफवाह फैलाउने एकजना पक्राउ

सामाजिक सञ्जालमा अफवाह फैलाउने एकजना पक्राउ
सुन्नुहोस्

सुनसरी : सुनसरी प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

सोमबार राती रामचन्द्र ठाकुरको नामको फेसबुकबाट निर्वाचनलाई असर पार्ने गरी भिडियो अपलोड तथा सेयर गरी समाजमा भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेले बताए।

उनले सुनसरीको इनरुवा नगरपालिका–३, महेन्द्रचौक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुरलाई नियन्त्रणमा लिइएको बताए । अभियुक्तलाई नेपाल प्रहरी साइबर ब्यूरोको प्राविधिक सहयोगमा अफवाह फैलाउन प्रयोग गरिएको मोबाइल डिभाइससहित इनरुवा महेन्द्रचोक क्षेत्रबाट पक्राउ गरिएको एसपी थेबेले बताए । 

एसपी थेबेले भने “निर्वाचनजस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमार्फत झुट्टा तथा भ्रामक सामग्री प्रसारण गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइनेछ।' ठाकुरलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.