अमेरिका–इजरायल–इरान युद्ध पाँचौं दिनमा, हालसम्म कति मारिए ?

अमेरिका–इजरायल–इरान युद्ध पाँचौं दिनमा, हालसम्म कति मारिए ?

अमेरिका : अमेरिका–इजरायलद्वारा इरानविरुद्ध सुरु गरिएको युद्ध पाँचौं दिनमा प्रवेश गर्दा इजरायलभर हवाई आक्रमणका साइरन अझै बजिरहेका छन् । इरानबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरू रोक्न प्रयास भइरहँदा ठूलो विष्फोटका आवाज सुनिएका छन् । इरानका विभिन्न स्थानमा आक्रमण भइरहेका छन् भने तेहरानले क्षेत्रभर प्रतिकारात्मक हमला गरिरहेको छ ।

इजरायलले बुधबार बिहान चाँडै चेतावनी जारी गर्दै इरानबाट क्षेप्यास्त्र प्रहार भएकाले नागरिकलाई आश्रयस्थलमा जान निर्देशन दिएको थियो । ‘खतरालाई अवरोध गर्न रक्षा प्रणाली सक्रिय छन्’, इजरायली सेनाले जनाएको छ ।

आश्रय लिनुपर्ने आदेश यरुशलम, तेल अवीव तथा देशका अन्य क्षेत्रहरूमा लागू गरिएको थियो । इजरायलको आपतकालीन स्वास्थ्य सेवा मगेन डेविड अडोमले हालसम्म कुनै हताहतीको सूचना नआएको जनाएको छ ।

 

रामल्लाहबाट रिपोर्ट गर्दै अल जजिराकी निदा इब्राहिमले भनिन्, ‘हामी जहाँ छौं त्यहाँबाट ठूलो विष्फोटको आवाज सुनियो, जुन सम्भवतः अवरोध प्रयासका कारण हुन सक्छ ।’ उनका अनुसार यो व्यापक प्रहार जस्तो देखिएको छ, जसले इजरायलको हवाई प्रतिरक्षा प्रणालीलाई जटिल बनाएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार अवरोधका क्रममा खसेका टुक्रा बेइत शेमेश क्षेत्रमा खसेका छन् । यरुशलमको पश्चिममा रहेको उक्त सहरमा दुई दिनअघि यस्तै घटनामा नौ जना इजरायली मारिएका थिए । इजरायली सेनाले केही घण्टाअघि पनि इरानबाट अर्को क्षेप्यास्त्र प्रहार भएको जनाएको थियो ।

तेहरानले इजरायल तथा खाडी क्षेत्रभर क्षेप्यास्त्र र ड्रोनमार्फत प्रतिकार जारी राखेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो द्वन्द्व एक महिनासम्म चल्न सक्ने बताएका छन् । साउदी अरेबियाको रक्षा मन्त्रालयले अल–खार्ज गभर्नरेटमाथि प्रहार गरिएका दुई क्रुज क्षेप्यास्त्र अवरोध गरी नष्ट गरेको जनाएको छ । कुवेतको रक्षा मन्त्रालयले पनि आफ्नो हवाई क्षेत्र प्रवेश गरेका केही ‘शत्रुतापूर्ण हवाई लक्ष्य’ लाई अवरोध गरी ध्वस्त पारेको जनाएको छ ।

इरानमाथि आक्रमण जारी
बुधबार तेहरानमा ठूलो विष्फोटको आवाज सुनिएको छ । इजरायली सेनाले राजधानीका विभिन्न स्थानमा आक्रमण गरेको र आफ्ना लक्ष्यहरू प्रहार गरेको जनाएको छ । इजरायलका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) अन्तर्गतको स्वयंसेवी बल बसीजसँग सम्बन्धित भवनहरूमा प्रहार गरिएको छ । साथै विगतमा प्रदर्शनहरू दमन गरेको इरानको आन्तरिक सुरक्षा कमान्डसँग सम्बन्धित भवनहरू पनि निशाना बनाइएको इजरायलले जनाएको छ । 
 

इरानी रेड क्रेसन्ट सोसाइटीका अनुसार संयुक्त अमेरिका–इजरायल आक्रमणमा इरानभर कम्तीमा ७८७ जनाको मृत्यु भएको छ । तेहरानबाट रिपोर्ट गर्दै अल जजिराका तोहिद असादीले राजधानीमा ठूला विष्फोट सुनेको बताए । ‘करज र इस्फहानसहित अन्य शहरहरूमा पनि विष्फोट भएको खबर प्राप्त भएको छ’, उनले भने । 
 

आईआरजीसीले ‘स्थल सेनाले युद्ध कारबाहीमा प्रवेश गरेको’ र २३० ड्रोन परिचालन गरिएको जनाएको असादीले बताए । उनका अनुसार अमेरिकी सैन्य जहाजहरूलाई लक्षित गर्दै समुद्री कारबाही समेत गरिएको दाबी गरिएको छ । ‘तेहरानमा शान्तिको कुनै संकेत देखिँदैन, यहाँ त बढ्दो तनाव नै मुख्य अवस्था बनेको छ’, असादीले निष्कर्ष दिए । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.