सुन्दरहरैंचामा शंकास्पद वस्तु बम नभएको पुष्टि
विराटनगर : मोरङको सुन्दरहरैंचा खण्डमा बुधबार अपरान्ह फेला परेको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–१० स्थित सडकको उत्तर दिशामा अपरान्ह १२ः१५ बजेतिर कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा सानो डल्लो भेटिएपछि त्रास सिर्जना भएको थियो ।
तर, नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा उक्त वस्तु बम नभएको पत्ता लागेको हो । रंगको बट्टालाई टेपले बाँधेर सडकमा फालेको पाइएको प्रहरीले जनाएको छ । उक्त वस्तु बम नभएको यकिन भइसकेपछि सुरक्षाकर्मीको टोली घटनास्थलबाट फर्किसकेको छ ।
प्रतिक्रिया दिनुहोस !