निर्वाचनको दिन देशका कुन भागमा कस्तो रहला मौसम ?
काठमाडौं : निर्वाचन हुने दिन भोलि देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने भएको छ। बुधबार मौसम पूर्वानुमान महाशाखाले निर्वाचन विशेष मौसम बुलेटिन-२ जारी गरेर मौसम प्रणालीको प्रभाव रहने नदेखिएको जनाएको हो।
महाशाखाले बुलेटिनमा उल्लेख गरे अनुसार हालसम्मको मौसम मोडलबाट प्राप्त मौसमी तथ्यांकहरुको विश्लेषणका आधारमा निर्वाचनको समय फागुन २० देखि फागुन २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहने देखिएको छैन।

प्रतिक्रिया दिनुहोस !