सञ्चारगृह वा महासंघको परिचयपत्र पनि निर्वाचनसम्बन्धी समाचार संकलन गर्न दिन माग

सञ्चारगृह वा महासंघको परिचयपत्र पनि निर्वाचनसम्बन्धी समाचार संकलन गर्न दिन माग
सुन्नुहोस्

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रतिनिधि सभा निर्वाचनको समाचार संकलनमा सञ्चारकर्मीहरूले प्रशासनिक झन्झट व्यहोरेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध सञ्चारगृह वा महासंघको परिचयपत्रका आधारमा समाचार संकलन लागि पास उपलब्ध गराउन माग गरेको छ। 

महासंघका महासचिव रामप्रसाद दाहालले मतदानको अघिल्लो दिनसम्म पत्रकार र सञ्चारगृहले सहज रूपमा जनता समक्ष सूचना पुर्‍याउने दायित्व पूरा गर्ने वातावरण नबनेको गुनासो गरेको बताए। उनले पत्रकारलाई सम्बद्ध सञ्चारगृह वा नेपाल पत्रकार महासंघको परिचयपत्रका आधारमा पनि मतदान, मत गणनाको समाचार संकलन र त्यसका लागि सवारी साधनको पास तत्काल उपलब्ध गराउनुपर्ने बताए। 

'पारदर्शी, स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि नेपाली प्रेस जगतको भूमिका रहिआएको सन्दर्भमा प्रेसलाई आफ्नो दायित्व निर्वाहमा सहजीकरण र समन्वय गर्नु सम्बद्ध निकायको कर्तव्य हुन आउँछ। अन्यथा निर्वाचनप्रति नै आशंका सिर्जना हुन सक्नेतर्फ गम्भीर हुन महासंघ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँछ,' महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

त्यस्तै निर्वाचनको क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन महासंघले माग गरेको छ। पत्रकारहरू समक्ष सुरक्षित रूपमा कार्यथलोमा खटिन र तटस्थता कायम राख्दै निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको परिपालना गर्न महासंघले अपील गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.