मतदान सकिएपछि मतपेटिका ढुवानी र मतगणना प्रक्रिया कसरी अघि बढ्छ?

मतदान सकिएपछि मतपेटिका ढुवानी र मतगणना प्रक्रिया कसरी अघि बढ्छ?

काठमाडौं : बिहीबार विहान ७ बजेदेखि प्रतिनिधिसभा निर्वाचनका लागि मतदान हुँदैछ। निर्वाचन आयोगले साँझ ५ बजेसम्मका लागि मतदान गर्ने समय तोकेको छ। मतदान सकिएपछि मतपेटिकाको सुरक्षा, ढुवानीलगायत विषयमा निर्वाचन आयोगले स्पष्ट कार्यविधि तय गरेको छ।

मतदान सम्पन्न भएपछि मतदान केन्द्रमै मतपेटिका सिलबन्दी गरिन्छ। त्यसपछि निर्वाचन अधिकृत तथा मतदान अधिकृतको निगरानीमा मतपेटिका र अन्य निर्वाचन सामग्री संकलन, लोड तथा अनलोडको व्यवस्था गरिन्छ।

मतपेटिका तथा निर्वाचन सामग्री ढुवानीका लागि चालकसहितको सवारी साधन र आवश्यक भरियाको व्यवस्था निर्वाचन आयोगबाट गरिनेछ। ढुवानीका क्रममा आयोगले तोकेबमोजिम उम्मेदवारका प्रतिनिधिहरूलाई समेत सहभागी गराइनेछ, जसले पारदर्शिता सुनिश्चित गर्नेछ।

ढुवानी गरिने सवारी साधनमा सुरक्षाकर्मी मात्र खटाइने व्यवस्था गरिएको छ। आवश्यकता अनुसार सशस्त्र प्रहरी बल, नेपाल, नेपाली सेना वा दुवै सुरक्षा निकायले स्कर्टिङ गर्नेछन्।

निर्वाचन आयोगले छोटो तथा सुरक्षित मार्ग प्रयोग गर्न निर्देशन दिएको छ भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक मार्गसमेत तय गरिनेछ। साथै, सम्भावित जोखिमको अवस्थामा सुरक्षित स्थानको पहिचान गरी आवश्यक कदम चालिनसक्ने कार्यविधिमा उल्लेख छ।

दुर्गम क्षेत्रका मतदान केन्द्रहरूका लागि निश्चित संकलन केन्द्र तोकी भरपर्दो सुरक्षा व्यवस्था मिलाएर एकैपटक मतपेटिका ल्याइनेछ। यदि रातमा बास बस्नुपर्ने अवस्था आए सुरक्षित स्थानमा बस्ने व्यवस्था गरिनेछ। अति दुर्गम स्थानहरूमा आवश्यकताअनुसार हेलिकोप्टर प्रयोगसमेत गरिने आयोगले जनाएको छ।

मतगणनास्थलको सुरक्षा व्यवस्था
मतपेटिका मतगणनास्थलमा पुगेपछि सुरक्षित स्थानको चयन गरी मतगणना सुरु गरिन्छ। मतगणनास्थलमा सामान्यतया तीन तहको सुरक्षा घेरा कायम गरिनेछ।

पहिलो घेरामा आन्तरिक सुरक्षा, दोस्रोमा बाह्य सुरक्षा र तेस्रोमा व्यापक परिधि सुरक्षा व्यवस्था गरिनेछ। यसले मतगणना प्रक्रियालाई सुरक्षित र व्यवस्थित बनाउने आयोगको विश्वास छ।

यसका अतिरिक्त मतगणनास्थलमा बिजुली, माइक, बस्ने स्थान, वैकल्पिक विद्युत् आपूर्तिका लागि जेनेरेटर, इमर्जेन्सी लाइट, टर्चलाइट, खानेपानी तथा शौचालयजस्ता आधारभूत सुविधाको व्यवस्थाका लागि निर्वाचन अधिकृतलाई आवश्यक सहयोग उपलब्ध गराइनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.