शीर्ष नेता, को–कहाँबाट हाल्दैछन् भोट ?

शीर्ष नेता, को–कहाँबाट हाल्दैछन् भोट ?
सुन्नुहोस्

काठमाडौं :  प्रतिनिधिसभा निर्वाचनमा ठूला दलका शीर्ष नेताले आफूलाई नै भोट हाल्न नपाउने भएका छन्। कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट चुनावी मैदानमा छन्। तर, उनी काठमाडौं–४ का मतदाता हुन्। त्यसकारण थापाले आफैंले आफूलाई मतदान गर्न पाउने छैनन्। थापाले काठमाडौंको मैतीदेवी मन्दिरछेउमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन्। काठमाडौं–४ मा कांग्रेसका सचिन तिम्सिना उम्मेदवार छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ का उम्मेदवार हुन्। तर, उनले पनि आफूलाई भोट हाल्न पाउने छैनन्। ओलीले भक्तपुर–२ को सूर्य विनायक नगरपालिकाअन्तर्गतको महेन्द्र शान्ति विद्यालय बालकोट मतदान केन्द्रमा मत हाल्नेछन्। भक्तपुर–२ मा एमालेका उम्मेदवार महेश बस्नेत छन्।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गर्नेछन्। जबकि, प्रचण्ड रुकुमपूर्वबाट उम्मेदवार बनेका छन्। उनको मतदाता नामावली चितवन–३ मा छ। उनले भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन्। यो निर्वाचन क्षेत्रमा प्रचण्डपुत्री एवं भरतपुर नगरपालिकाकी पूर्वमेयर रेनु दाहाल मैदानमा छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि काठमाडौं–३ को काठमाडौं उपत्यका खानेपानी लिमिटेडको महांकालचौर केन्द्रबाट मतदान गर्नेछन्। रवि चितवन–२ बाट उम्मेदवार बनेका छन्। लामिछानेले पनि आफूलाई मतदान गर्न पाउने छैनन्।

  • प्रतिनिधिसभा निर्वाचनमा ठूला दलका शीर्ष नेताले आफूलाई नै भोट हाल्न नपाउने भएका छन्। 
  • कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनावी मैदानमा छन्। तर, उनी काठमाडौं–४ का मतदाता हुन्।
  • एमाले अध्यक्ष ओलीले  भक्तपुर –२ को सूर्य विनायकस्थित महेन्द्र शान्ति विद्यालय बालकोट मतदान केन्द्रमा मत हाल्नेछन्। 

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा–५ का उम्मेदवार हुन्। उनी एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा छन्। उनको मतदाता नामावली पनि झापा–५ मा छैन। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट बालेनले मतदान गर्नेछन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ को हल्दिबारी गाउँपालिका–१ नम्बर वडा कार्यालय गोलधापबाट भोट हाल्दैछन्। उनले भने आफूलाई नै मत हाल्नेछन्। झापा– ३ बाट नै लिङ्देन उम्मेदवार छन्।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवन मतदान केन्द्रमा भोट हाल्नेछन्। उनी रौतहट– १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको मतदाता नामावली मोरङमा छ। तर उनी सप्तरी ३ बाट उठेका छन्। उनले विराटनगर नगरपालिका–१४ अन्तर्गत डिग्री क्याम्पस विज्ञान भवनमा रहेको मतदान केन्द्रमा मतदान गर्ने छन्।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सप्तरी २ का मतदाता हुन्। उनले आफूलाई भोट हाल्न पाउनेछन्। सोही क्षेत्रमा पर्ने महादेवा गाउँपालिका २ को आधारभूत जनता मावि महादेवाबाट डा. सीके राउतले भोट हाल्दैछन्।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ का मतदाता हुन्। उनले बौद्ध महांकालस्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट भोट हाल्नेछन्। उनी काठमाडौं–३ बाट चुनावी मैदानमा छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सुनसरी १ बाट उठेका छन्। सुनसरी–१ कै धरान उपमहानगरपालिका–१८ का मतदाता हुन्।कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा डडेलधुराको गन्यापधुराका मतदाता हुन्। तर, यसपटक उनले मतदान गर्ने सम्भावना कम छ। उनी अहिले उपचारका लागि सिंगापुरमा छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौं–४ अन्तर्गतकी मतदाता हुन्। उनले बूढानीलकण्ठ–२ स्थित साविक गाविस भवन (चपली घुम्ती)मा मतदान गर्ने उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए। पूर्वराष्ट्रपति डा. रामवरण यादवको धनुषामा नै मतदाता नामावली छ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि गृह जिल्ला गोरखामा मतदान गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.