प्रतिनिधि सभा निर्वाचन-२०८२

विप्लवले रोल्पाबाट गरे मतदान

विप्लवले रोल्पाबाट गरे मतदान

रोल्पा : विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द 'विप्लव' ले रोल्पाबाट मतदान गरेका छन् । यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन्  । 

विप्लवले परिवर्तन गाउँपालिका-३ थुनिकोट 'क' केन्द्रमा मतदान गरेका हुन् । मतदान गर्न उनी हिजै जन्म गाउँ ईरिबाङ पुगेका थिए । पछिल्लो समय कपिलवस्तु बस्दै आएका उनी चुनावी प्रचारको समयमा समेत रोल्पा आएका थिए । उनले रोल्पाबाटै चुनाव लड्न चाहेका पनि थिए । पार्टीले नेतृत्व अहिलेले चुनावमा भाग नलिने नीति लिएपछि उनि चुनावमा उम्मेदवार नबनेको बताइएको छ । उनको पार्टीबाट पोलिटब्यूरो सदस्य चुडामणी वली 'आदर्श' चुनावी मैदानमा छन् । 

माओवादीबाट विभाजन भएदेखि चुनाव बहिस्कार गर्दै आएका विप्लवले रोल्पाबाटै मतदान गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले चुनाव बहिस्कार गर्दा रोल्पामा प्रायः सुरक्षा चुनौती हुने गरेको थियो । चुनाव बहिस्कारका बेला ठाउँ ठाउँमा बिष्फोट समेत हुने गरेका थिए । यसपाली भने उनै विप्लवले आफ्नै गृह जिल्लाबाट मतदान गरेका छन् । जनताबाट पहिलो पटक परीक्षणमा विप्लव उत्रिएका छन् । 

सशस्त्र युद्धताका सँगसँगै रहेका सहयोद्धा चुनावी  छन्। नेकपाका प्रभावशाली नेता एवं पुर्व अर्थमन्त्री बर्षमान पुन 'अनन्त' र माओवादीका नेता आदर्श मत परीक्षणमा छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.