दाङका दुई मतदान स्थलमा सुरु हुन सकेन् मतदान

दाङका दुई मतदान स्थलमा सुरु हुन सकेन् मतदान
सुन्नुहोस्

दाङ : देश भर बिहान ७ बजे देखिनै मतदान सुरु भएपनि दाङका दुईवटा मतदान स्थलमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन्।

जेनजी आन्दोलनपछि स्थायी सरकार गठनका लागि आम नागरिकहरु उत्साह पूर्वक मतदानमा सहभागि भइरहदा दाङका दुईवटा मतदान स्थलमा भने मतदान स्थल खाली रहेका छन्। बाँके राष्ट्रिय निकुञ्जका प्रभावित क्षेत्र बबै गाउँपालिका वडा नम्बर १ र ७ का दुई केन्द्रहरुमा स्थानीयहरूले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेका छन्। जसका कारण बबै गाउँपालिका वडा नं. १ स्थित 'जिल्ला' मतदान स्थल र वडा नं. ७ स्थित 'मलई' मतदान स्थलमा मतदान सुरु भएको छैन्। 

बाँके राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रमा रहेका यी दुई केन्द्रमध्ये जिल्ला मतदान स्थलमा ६८२ जना र मलई मतदान स्थलमा ५३२ जना गरी कुल १,२१४ मतदाता रहेका छन्, तर बहिष्कारका कारण कोही पनि मतदानमा सहभागी भएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.