वर्षमान पुनले गरे पहिलो मतदान

वर्षमान पुनले गरे पहिलो मतदान

रोल्पा : नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता एवं पुर्व अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले गृह जिल्ला रोल्पाबाट मतदान गरेका छन्। उनले घर नजिकै रहेको मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन्। उम्मेदवार समेत रहेका अनन्तसँगै पुर्व सभामुख ओनसरी घर्तीले समेत मत गरिन। पुर्व अर्थमन्त्री अनन्त र पुर्वसभामुख ओनसरी दम्पती हुन् । 

लगातार तेस्रो पटक चुनावी मैदानमा उत्रिएका नेता अनन्त प्रत्येक चुनावमा रोल्पा नगरपालिका-७ माडीचौर बालउदय मावि मतदानस्थलबाट मतदान गर्दै  आएका छन् । उम्मेदवार अनन्त चुनावी अवधिमा प्रचारका लागि  जिल्लाका प्रत्येक वडा र टोलमा पुगे । 

विगतको चुनावको तुलनामा प्रचार-प्रसारमा धेरै खटिए । उनी गाउँ गाउँ पुग्दा कार्यकर्ताले विकासे मागको चाङ नै लगाए । मतदाताले समेत गाउँको बिकासका माग तेर्साएका थिए । 

विगतमा रोल्पाबाट बिजयी भएपछि सरकारमा पटकपटक पुगेका थिए । अर्थ सहित विभिन्न मन्त्रालय सम्हालेका अनन्त नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को विश्वास पात्र बनेका छन्।

रोल्पामा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्न आएका प्रचण्डले अनन्तलाई जिताउने जिम्मा रोल्पाली भएको र उनलाई कहाँ के बनाउने 'मेरो जिम्मा भयो' भनेका थिए । मन्तवका बेला अनन्तको प्रशंसा समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.