दोलखामा मतदानका क्रममा विवाद : स्थिति नियन्त्रणमा लिन हवाई फायर
दोलखा : दोलखाको मालु मतदान केन्द्रमा मतदानका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरिएको जानकारी दिए ।
मतदानका क्रममा केही व्यक्तिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो । सोही परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ । आलेका अनुसार घटनापछि अवस्था नियन्त्रणमा आएको छ भने अहिले उक्त स्थानमा सामान्य नाराबाजी भइरहेको छ । प्रशासनले सुरक्षा व्यवस्था कडा पारिएको र परिस्थितिको निगरानी भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !