बालेन सवार हेलिकोप्टर झापा नबसी फर्कियो
झापा : काठमाडौंमा मतदान गरी झापा आइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह सवार हेलिकोप्टर यहाँ नबसी फर्किएको छ।
उनी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलबाट मतदान गरी झापा आउन लागेका थिए।
सुरक्षा कारणले बालेन सवार हेलिकोप्टर झापा अवतरण नगरी काठमाडौं फर्किएको हो। उनी हेलि एभरेष्टको हेलिकोप्टरबाट आफ्नो निर्वाचन क्षेत्र झापा- ५ तर्फ उडेका थिए। यहाँका अर्का उम्मेदवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि मत हाल्नका लागि भक्तपुर आएका छन्। यो क्षेत्रमा ओली र बालेनसँगै २४ जना उम्मेदवार प्रतिष्पर्धामा छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहान ७ बजेदेखि देशभर निर्वाचन जारी छ।
प्रतिक्रिया दिनुहोस !