रोल्पा कारागारका दुई घण्टामै सकियो मतदान, कतिले गरे भोट ?
रोल्पा : रोल्पा कारागारका ५८ जनाले मतदान गरेका छन् । अस्थायी मतदान केन्द्र कारागारमा बिहान नौ बजे नै मतदान सकिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
बिहान ७ बजेबाट सुरु भएको मतदान दुइ घण्टामै सम्पन्न भएको हो । घ श्रेणीको कारागारमा ५८ कैदीबन्दीको मतदाता नामावली कायम भएर आएको थियो । कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाइने व्यवस्था छ । कैदीबन्दी एक सय भन्दा बढी भए पनि ५८ जनाको मात्र मतदाता नामावली कायम थियो ।
प्रतिक्रिया दिनुहोस !