गोरखाको हिमाली भेगका अधिकांश मतदान केन्द्रमा मतदान सकियो

गोरखाको हिमाली भेगका अधिकांश मतदान केन्द्रमा मतदान सकियो
नाम्रुङ मतदान केन्द्रमा मतदान गर्दै स्थानीय मतदाता । तस्बिर: अन्नपूर्ण

गोरखा : हिमाली भेगका अधिकांश मतदान केन्द्रमा मतदान करिब सकिएको छ । सय तथा सयभन्दा कम मतदाता रहेका केन्द्रहरूमा मतदान करिब सकिएको त्यहाँ खटिएका कर्मचारीले जानकारी दिएका छन् ।

मतदान सकिए पनि नियमअनुसार पाँचबजेसम्म मतदानकेन्द्र कुरेर बस्ने उनीहरुको भनाइ छ । ‘यहाँ बाह्र बजेतिरै मतदान सकिएको हो, तर पाँच बजेसम्म कुरेर बस्नु पर्छ भनेर पर्खेर बसेका छौँ’, फिलिम आधारभूत विद्यालय पातीका मतदान अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले भने, ‘कूल १९८ मतदाता हुन् । १३८ मत खस्यो । पार्टीका प्रतिनिधिहरुले भोट हाल्न आउने मतदाता करिब करिब यति नै हो भनेका छन् ।’

सिदुङ आधारभूत विद्यालय सस्र्युँमा पनि मतदान सकिएको छ। १४५ मतदाता रहेकामा ८६ मत खसेपछि मतदाता आउन रोकिएका मतदान अधिकृत प्रकाश काफ्लेले जानकारी दिए । उनले पनि पाँचबजेसम्म कुर्नुपर्ने नियमअनुसार कुरेर बसिरहेको बताए ।

क्वाक आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान सकिएको छ । कूल एकसय मतदाता रहेका यहाँ ४० मत खसेपछि मतदाता आउन छोडेका मतदान अधिकृत विपिन रेग्मीले जानकारी दिए । 

१११ जना मतदाता रहेका छाक आधारभूत विद्यालयमा पनि मतदान सकिएको मतदान अधिकृत रमेश ढकाल बताउँछन् । उनका अनुसार त्यहाँ ५५ मत खसेपछि मतदाता आउन छाडेका हुन् । 
१०४ मतदाता रहेका साम्दो आधारभूत विद्यालय मतदानकेन्द्रमा बिहान ११ सम्म जम्मा २४ मत खस्यो । त्यसपछि मतदाता आउन छाडेका मतदान अधिकृत विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार जाडो छल्न काठमाडौं झरेका मतदाताहरु केही बाटोमा आउँदै गरेको जानकारी प्राप्त भएको छ । 

चुमनुब्री ५ को क्राक आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान करिब सकिएको छ । १३७ मतदाता रहेका यहाँ ८० मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत बलराम श्रेष्ठ बताउँछन् । नियमअनुसार मतदानकेन्द्र कुरेर बसिरहेको उनी बताउँछन् ।

१३७ मतदाता रहेका वुद्ध हिमाली आधारभूत विद्यालय मतदातकेन्द्र न्याकमा पनि ९० मत खसेपछि मतदाता आउन छाडेका छन् । करिब १०० मत मात्र खस्ने दलका प्रतिनिधिहरूले अनुमान गरेका मतदान अधिकृत इतराज पोखरेल बताउँछन् ।

चुम्लिङ आधारभूत विद्यालय चुम्चेत मतदातकेन्द्रमा पनि मतदान करिब सकिएको छ । १७५ मतदाता रहेका यहाँ १२ बजेभित्र ६९ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत सन्दीप मरहट्टाले जानकारी दिए । 

लार्केबजार स्वास्थ्यचौकी मतदानकेन्द्र नाम्रुङमा पनि दुईघण्टादेखि मतदाता आएका छैनन् । जिल्लाकै सबैभन्दा कम जम्मा ७६ मतदाता रहेका यहाँ २४ मत खसेपछि मतदाता आएका छैनन् । कोही आउलान् भनेर पर्खेर बसिरहेको मतदान अधिकृत राजेन्द्र खनाल बताउँछन् ।

१७६ मतदाता रहेका सिद्ध गणेश आधारभूत विद्यालय मतदानकेन्द्र चुम्लिङमा पनि ८४ मत खसेपछि मतदाता आउन छाडेका छन् । ‘लगभग सकिएको हो भन्ने प्रतिनिधिहरूको कुरा छ’, उनी भन्छन्,‘कतिपय मृत्यु भइसकेकाको पनि नाम नकाटिएको र कोही विदेशमा रहेका छन् ।’

१५८ मतदाता रहेका सिप्चेत आधारभूत विद्यालय मतदातकेन्द्रमा ६६ मत खसेपछि मतदान रोकिएको कर्मचारी आशिष पाण्डेले जानकारी दिए । त्यहाँ अब दलका प्रतिनिधिहरूको मात्र मतदान बाँकी रहेको उनीहरूको भनाइ उद्धृत गर्दै पाण्डेले जानकारी दिए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.