कञ्चनपुरमा ४० प्रतिशत मतदान
महेन्द्रनगर : कञ्चनपुरमा दिउँसो २ बजेसम्म ४० प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रका ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले बताए।
उनका अनुसार जिल्लाभरका १३२ मतदानस्थलमा मतदान भइरहेको छ। कञ्चनपुरका तीनवटा निर्वाचन क्षेत्रमा स्वतन्त्रसहित ५५ जनाको उम्मेदवार चुनावी मैदानमा छन्। कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा एक लाख तीन हजार ८७ मतदाता छन्। क्षेत्र नम्बर १ मा एक लाख एक हजार ७२४ मतदाता र क्षेत्र नम्बर २ मा एक लाख मतदाता रहेका छन्।
तीनवटै निर्वाचन क्षेत्रबाट कञ्चनपुरमा ५५ जना प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर १ र २ मा १९/१९ जना र क्षेत्र नम्बर ३ मा १७ जना प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया दिनुहोस !