रोल्पामा उच्च सुरक्षा सतर्कता, दुई हजार सुरक्षाकर्मी तैनाथ
रोल्पा : प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नेपाली सेनाले गस्ती समेत गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार मतदानमा बाधा अवरोध भएको छैन । सुनिल स्मृति गाउँपालिका–८ अरेस नेपाल राष्ट्रिय मावि मतदानस्थलमा फर्जी मत हाल्न खोजेको भन्दै विवाद भएपछि नेकपाका कार्यकर्ताले एमालेका दुई जना कार्यकर्तालाई कुटपिट गरेको सुरक्षा स्रोतले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको जनाईएको छ ।
सुरक्षा दृष्टिकोणले जिल्ला १४ मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । निर्वाचन सम्पन्न गर्न निर्वाचन प्रहरी १ हजार २८ र सशस्त्र तर्फ निर्वाचन प्रहरी ९६ जना खटिएका छन् । प्रजिअ क्षेत्रीका अनुसार नियमित जनपद तर्फ ६ सय, सशस्त्र प्रहरी तर्फ स्ट्राईकिङ फोर्स र ८ मोबाईल टिम छ । नेपाली सेनातर्फ ४ कम्पनीका ८ प्लाटुन परिचालित छन् । जिल्लाभर दुई हजार सुरक्षाकर्मी निर्वाचनमा तैनाथ छन् । अवाञ्छित गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाईएको छ ।
प्रतिक्रिया दिनुहोस !