गोरखामा ४९.६४ प्रतिशत मत खस्यो

गोरखामा ४९.६४ प्रतिशत मत खस्यो
सुन्नुहोस्

गोरखा : गोरखामा ४९.६४ प्रतिशत मत खसेको छ। कूल २ लाख २९ हजार ५८ मतदाता रहेको गोरखामा १ लाख १३ हजार ७२५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

५५ हजार १६८ पुरुष र ५८ हजार ६१६ महिला मतदानमा सहभागी भएका निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए। यो यसअघि २०७९ सालको निर्वाचनको भन्दा ३.१३ प्रतिशत कम मत हो। २०७९ को निर्वाचनमा ५२.७७ प्रतिशत मत खसेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

२०७४ सालको निर्वाचनमा ६५.३ प्रतिशत मत खसेको थियो। निर्वाचन शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। कुनै पनि अप्रिय घटना नघटेको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिए।

गोरखामा मतदान गर्न २२५ मतदान स्थल र ३३३ मतदान केन्द्र निर्धारण भएका थिए। एउटा मतदान स्थलमा तीन वटासम्म मतदान केन्द्र थिए। मतदान सकिएसँगै मतपेटिका संकलन गरेर मतगणना स्थलसम्म ल्याउने काम धमाधम भइरहेको एसपी विकको भनाइ छ। 

तल्लो भेगका मतदान केन्द्रका मतपेटिका बिहीबार रातभरि ढुवानी गर्ने र हिमाली भेगका २३ वटा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरमार्फत शुक्रबारसम्म ल्याइसक्ने एसपी विकले जानकारी दिए। 

मतगणनाका लागि तारजाली र सीसीटिभी जडित मतगणनास्थल तयार भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। गोरखा-१ को मतगणना जिल्ला समन्वय समितिको भवन र गोरखा-२ को भू तथा जलाधार व्यवस्थापन कार्यालयमा गणना हुने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दि ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.