नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं

नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं
सुन्नुहोस्

काठमाडौं : भारतले नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाइ ज्ञापन गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले नेपाली नागरिकहरूले उत्साहजनक सहभागितासहित आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा खुसी व्यक्त गरे।

उनले विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाल सरकार, नेपाली जनता तथा सरोकारवालाहरूलाई विशेष परिस्थितिका बीच सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा बधाई दिए।

भारतले सधैं नेपालमा शान्ति, प्रगति र स्थायित्वलाई समर्थन गर्दै आएको उल्लेख गर्दै उनले नेपाल सरकारको अनुरोधअनुसार यस निर्वाचनका लागि आवश्यक लजिस्टिक सामग्री उपलब्ध गराएको बताए।

नयाँ सरकारसँग मिलेर दुई देश र जनताबीचको बहुआयामिक तथा सुदृढ सम्बन्धलाई पारस्परिक हितका लागि अझ मजबुत बनाउँदै लैजान भारत तत्पर रहेको वक्तव्यमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.