सुनसरी–३ मा रास्वपाका अशोक चौधरीको सुरुवाती अग्रता
सुनसरी : सुनसरी क्षेत्र नम्बर–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अशोक चौधरीले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक चरणमा ७ सय मत गणना हुँदा चौधरीले अन्य मुख्य प्रतिस्पर्धीलाई पछि पार्दै अग्रता बनाएका छन् ।
रास्वपाका चौधरीले ३८७ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले १४८ मत पाएकी छन् । नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले १२१ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !