रोल्पामा नेकपाका वर्षमानको अग्रता
रोल्पा : रोल्पामा १,३५२ मतगणना हुँदा नेकपाका उम्मेदवार वर्षमान पुन (अनन्त) ले १ सय ७२ मतले अग्रता लिएका छन । उनले ६ सय ५८ मत ल्याएका छन् भने नेकपा माओवादीका चुडामणी वलीले ४ सय ८६ मत ल्याएका छन् ।
थबाङ नेत्रबिक्रम चन्द (विपल्व) को नेतृत्वको प्रभाव मानिने थबाङ वडा नं. १ र २ को मतगणना गरिएको हो । नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६, नेपाली कांग्रेसका डा. सुदन वलीले १५, रास्वपाका बालराम थापाले १६, मंगोल नेशनल अर्गनाइजेसनका कुमार घर्तीले २६, नेशनल रिपब्लिक नेपालका मनबहादुर घर्तीले १०, राप्रपाका अम्मबहादुर थापाले ४ र जनमोर्चा नेपालका मेघनाथ विष्टले २१ मत लिएका छन् । आम जनता पार्टीका दिलबहादुर कामीको शून्य मत छ ।
४० मत बदर भएको छ ।
प्रतिक्रिया दिनुहोस !