दैलेख–१ मा कांग्रेसकी बासना थापाको अग्रता, मतान्तर घटाउँदै रास्वपा
दैलेख : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा दैलेख निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापाले अग्रता कायम राखेकी छन् ।
यो क्षेत्र अन्तर्गत गुराँस गाउँपालिकाका ६ वटा वडा र डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ र ६ मा खसेको मतपत्र गणना हुँदा कांग्रेसकी बासना थापाले २,९७४ मत प्राप्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नन्दकिशोर बस्नेतले मतान्तर घटाउँदै लगेको छन् । उनले २,४२३ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका रविन्द्रराज शर्माले २,३२९ मतसहित तेस्रो स्थानमा झरेका छन् । नेपाली कम्युनिष्ट पाटीका अम्मरबहादुर थापाले ३३८, राप्रपाका रणबहादुर सिंहले २३१, नेमकिपाका १६०, राष्ट्रिय जनमोर्चाका नरबहादुर सिंहले १९, नेकपा माओवादीका रामलाल विश्वकर्माले १०३, आम जनता पार्टीका मेनका श्रेष्ठले ६ र स्वतन्त्र उम्मेलदवार लोगबहादुर बोगटीले २ मत प्राप्त गरेका छन् । हालसम्म ८,९९२ मत गणना भईसकेको छ । यसमा कुल ८,४८५ मत सदर हुँदा ५०६ मत बदर भएको छ ।
प्रतिक्रिया दिनुहोस !