गुल्मी–२ मा अग्रता बनाउँदै एमालेका गोकर्ण विष्ट, पछ्याउँदै रास्वपाका पन्थी
गुल्मी : गुल्मी–२ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता बनाउँदै गएका छन् । उनले ७ हजार ११५ मत पाएका छन् । यस्तै रास्वपाका गोविन्द पन्थीले ६ हजार ३६० मत पाएका छन् । विष्टले पन्थीलाई ७५५ मतले पछि पार्दै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका भुवन श्रेष्ठले ५ हजार ५९५ मत पाएका छन् । यहाँ इस्मा र मुसिकोट सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस !