भक्तपुर २ मा राजिवभन्दा बस्नेत १५ हजार मतान्तरले पछाडि
काठमाडौं : भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिव खत्रीले १५ हजार मतान्तरले नेकपा एमालेका महेश बस्नेतलाई पछि पारेका छन्।
३५ हजार ६ सय ३१ मत गन्दा खत्रीले २१ हजार ४ सय ७४ मत प्राप्त गरेका छन् भने बस्नेत ५ हजार ७ सय ६३ मतमा खुम्चिएका छन्।
नेपाली कांग्रेसका कविर राना ४ हजार ८ सय ४० मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटा ६ सय ७१ सहित चौथो र नेमकिपाका रमेश वैद्य ६ सय ७० सहित पाचौं स्थानमा छन्। यहाँ कूल ७२ हजार ५ मत खसेको छ।
प्रतिक्रिया दिनुहोस !