काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेल विजयी
फागुन २२, २०८२ शनिबार ३:३५:५६
काठमाडौं : काठमाडौं क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल विजयी भएका छन्। उनले ३० हजार ७३७ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत ल्याए। एमालेका ईश्वर पोखारेलले ४७०१ मत ल्याउँदा राप्रपाका कमले थापाले १९२२ मत ल्याए।