गोरखा–१ को मतगणना ११ बजेदेखि सुरु हुने
गोरखा : शनिबारसम्म मतगणना सुरु हुन नसकेको गोरखा–१ को मतणना अहिले बिहान ११ बजेदेखि सुरु हुने भएको छ । प्रतिकूल मौसमका कारण मतपेटिका ढुवानी हुन नसक्दा गणना सुरु हुन नसकेको यहाँ बिहान मतपेटिका ओसारेसँगै गणना गर्न लागिएको हो । उत्तरी गोरखाका २३ वटा मतदानकेन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको हो ।
प्रतिक्रिया दिनुहोस !