रास्वपाको ‘जितको लहर’ ले छोएन जुम्लालाई, राप्रपाका ज्ञानेन्द्रसँग बिनिता भारी मतले पछाडि
जुम्ला : प्रतिनिधिसभा निर्वाचनको मत परिणाम अनुसार देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जितको लहर देखिइरहेका बेला कर्णाली प्रदेशको जुम्लामा भने ‘रास्वपाको लहर’ नदेखिएको पाइएको छ ।
हालसम्मको मत परिणाम अनुसार जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाह भारी मतान्तरले अगाडि रहेका छन्। शाहीले हालसम्म १२ हजार १८७ मत ल्याएका छन् । यहाँ नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ७,६७०, नेपाली कांग्रेसका दिपबहादुर शाहीले ५०९०, नेकपा एमालेका शान्तिलाल महतले ३७३५, नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर राउतले ३६१ र रास्वपाकी उम्मेदवार विनिता कठायतले ३४७ मत पाएकी छन् ।
सबै भन्दा अगाडि रहेका राप्रपाका शाही र रास्वपाकी विनिता कठायतको मतान्तर ११,८४० रहेको छ । रास्वपा उम्मेदवार कठायतले जुम्लामा आफूले चुनाव जित्ने दावी गर्दै आएकी थिइन् । यस पटकको निर्वाचनमा रास्वपाका अधिकांश उम्मेदवार भारी मतान्तरले विजयी बनिरहेका बेला कठायत भने भारी मतले पछि परेकी छन् ।
प्रतिक्रिया दिनुहोस !