तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले २० हजार ९५५ मतान्तरले अगाडि

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले २० हजार ९५५ मतान्तरले अगाडि

तनहुँ : देशभर जितको लहर आइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले पनि तनहुँ–१ मा भारी मतान्तरसहित पहिलो नम्बरमा रहेका छन् ।

हालसम्मको मत गणना अनुसार घण्टी चिन्हका उम्मेदवार वाग्ले ३६,१८६ मतसहित सबै भन्दा अगाडि छन् । यस्तै उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई १५,२३१ मतसहित दोस्रो स्थानमा छन् । वाग्ले र भट्टराईको मतान्तर २०,९५५ रहेको छ ।

यस्तै नेकपा एमालेकी भगवती न्यौपानेले ५,६५३, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकाल २,३५२, श्रम सँस्कृति पार्टीका काशीराम गुरुङ ९४६, राप्रपाका रामदत्त जोशी ८१२ र उज्यालो नेपाल पार्टीका मञ्जिल रानाले ४८८ मत ल्याएका छन् । यहाँको मत गणना जारी छ । तनहुँ–१ का रास्वपा उम्मेदवार वाग्लेलाई उनको पार्टी सभापतिले ‘भावी सरकारको अर्थमन्त्री’ समेत घोषणा गरिसकेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.