रोल्पामा वर्षमान पुनको ह्याट्रिक

रोल्पामा वर्षमान पुनको ह्याट्रिक
सुन्नुहोस्

रोल्पा : प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन (अनन्त) विजयी भएका छन्। उनले जिल्लाबाट ह्याट्रिक गरेका हुन्। २०७४ र २०७९ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पूर्व अर्थमन्त्री समेत रहेका अनन्तले २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन्। 

१५ हजार ४ सय ५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमावलीले १२ हजार ८ मत प्राप्त गरेका छन्। 

रास्वपाका बालराम थापाले १० हजार ८ सय ९४ मत ल्याए। नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३, नेकपा माओवादीका चुडामणी वलीले ३ हजार ७ सय १४ मत ल्याएका छन्। 

मंगोल नेशनल अर्गनाइजेसनका कुमार घर्तीले १ सय १८, नेशनल रिपब्लिक नेपालका मनबहादुर घर्तीले २ सय ७९, राप्रपाका अम्मबहादुर थापाले ८ सय ४६, जनमोर्चा नेपालका मेघनाथ विष्टले ३ सय १८ र आम जनता पार्टीका दिलबहादुर कामीले ६२ मत लिएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जनाए। कुल ६८ हजार ७ सय ७७ मतमा ३ हजार १ सय ४४ मत बदर भयो। सदर मत ६५ हजार ६ सय ३२ छ।

विजयी अनन्त को हुन् ? 

युवा उमेरमा विगतको सशस्त्र युद्धमा होमिएका अनन्त शान्ति प्रक्रियापछि पटक-पटक सरकारमा पुगि विभिन्न मन्त्रालय हाँकेका थिए। रोल्पा नगरपालिका-७ माडीचौरका स्थायी बासिन्दा अनन्त २०४२  सालमा संयुक्त जनमोर्चा नेपाल हुँदै राजनीतिमा प्रवेश गरेका थिए। 

बुवा इर्खराम र आमा तिर्थमाली पुनको कोखबाट २०२८ जेठ १८ मा जन्मिएका थिए। तीन दिदीबहिनी र पाँच दाजु भाई मध्ये अनन्त माहिलो छोरा हुन्। स्नातकसम्म अध्ययन गरेका अनन्त २०४८ सालदेखि पूर्णकालीन भएका थिए। २०५२ फागुन १ गते सुरु भएको सशस्त्र लडाकु दस्तामा सामेल भएका थिए। ‘युद्धताका रोल्पा जिल्ला सेक्रेटरी समेत भएका थिए। नेकपाका नेता समेत रहेका युद्धका घाइते भानबहादुर घर्तीले भने, ‘सानैदेखि अनन्त मिलनसार र मेहनती हुनुहुन्थ्यो।’ 

२०५५ सालमा तत्कालीन माओवादी पार्टीको केन्द्रीय सदस्य हुँदै पार्टीको स्थायी समिति सदस्य समेत भए । नेकपाको उपमहासचिव समेत बनिसकेका अनन्त २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। 

डा.बाबुराम भट्टराई नेतृत्वको सरकार र माओवादी-कांग्रेस गठबन्धनको सरकारका वेला अर्थमन्त्री भएका थिए। युद्धमा डेपुटी कमान्डर भएका अनन्त शान्ति तथा पुनर्निर्माण मन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समेत भएका थिए। 

२०७० सालको दोस्रो संविधानसभा चुनावमा मोरङ क्षेत्र नम्बर ९ बाट पराजय बेहोरेका अनन्तले गृह जिल्लाबाट भने ह्याट्रिक गरे। नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) निकट रहेर काम गरेका नेता अनन्त परिस्थितिको सही विश्लेषण र आकलन गर्न माहिर मानिन्छन्। उनी प्रचण्ड विश्वास पात्र हुन्। राष्ट्रिय राजनीतिमा विशेष दखल राख्ने विजयी अनन्त नेकपामा प्रभावशाली बन्दै गएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.