कम्युनिस्टको किल्ला भत्काउँदै प्यूठानमा रास्वपाका वैदिक विजयी

कम्युनिस्टको किल्ला भत्काउँदै प्यूठानमा रास्वपाका वैदिक विजयी
सुन्नुहोस्

प्यूठान : कम्युनिस्टहरूको जिल्लाको रूपमा चिनारी बनाएको प्यूठान जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी विजय भएको छ। प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा ९ हजार १३१ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी हासिल गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशान्त बैदिकले २७ हजार ४६९ मत प्राप्त गरि विजयी भएका हुन्। उनका प्रतिवद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत प्राप्त गरे। नेकपा एमालेका उम्मेदवार सूर्य थापाले १६ हजार ४१०, नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४, राष्ट्रिय जनमोर्चाका तिलक जिसीले ७ हजार ६५४ मत प्राप्त गरे।

श्रम संस्कृति पार्टी गोविन्द गिरी ५९४, नेकपा माओवादीका सीता बिकले ५०१, राष्ट्रिय प्रजातन्त्र पार्टीका धनेश्वर पण्डितले ४१५, नेस्नल रिपब्लिक पार्टी नेपालका तारासिंह थापा मगरले ९४,मंगोल अर्गनाइजेसनका हर्कबहादुर पुनले ८१, नेपाली जनता दलका बिमल पोख्रेलले ७८, प्रगतिशील लोकतान्त्रिक पार्टीका श्याम गहतराजले ५०, नेकपा संयुक्तका नबिनकुमार श्रेष्ठले ४५, आम जनता पार्टीका रोमबहादुर थापाले ४३ मत प्राप्त गरेका छन्।

जिल्लामा कुल १ ला ६५ हजार ४०६ मतदाता रहेकोमा ८३ हजार ६३६ मत खसेको थियो। विगतका निर्वाचनहरुमा जिल्लाबाट कम्युनिस्ट पार्टीहरुले प्रतिनिधित्व गर्दै आए पनि देशव्यापी रूपमा देखा परेको राष्ट्रिय स्वतन्त्र पार्टीको लहरले प्यूठान पनि अछुतो रहन सकेन।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.