दाङ ३ मा रास्वपाका कमल सुवेदी निर्वाचित
दाङ : दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी विजयी भएका छन्। उनले ४४ हजार २४८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन्। सुवेदीले गिरीलाई ठूलो मतान्तरले पछि पार्दै जित हात पारेका हुन्। उनी दुई बीचको मतान्तर २७,७९५ रहेको छ।
त्यसैगरी नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार १९५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत ल्याएका छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दामोदर भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्। अन्तिम मत परिणाम सार्वजनिक गर्दै निर्वाचन कार्यालयले सुवेदीलाई निर्वाचित भएको घोषणा गरेको हो।
प्रतिक्रिया दिनुहोस !