दाङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक विजयी

दाङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक विजयी
सुन्नुहोस्

दाङ : दाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठक विजयी भएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पाठकले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।

विजयी भएका पाठकले कूल ४२ हजार ६ सय २ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १५ हजार २ सय ८० मत मात्र ल्याउन सके।  पाठकले चौधरीलाई २७ हजार ३ सय २२ को मतान्तरले पछि पारेका हुन्।

नेकपा (एमाले)का उम्मेदवार रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८ सय २५ मत प्राप्त गरे भने पूर्वमन्त्री एवं निवर्तमान सांसद मेटमणि चौधरी ४ हजार ९ सय ६५ मतमा सीमित भए। राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय विसीले १ हजार २ सय ९२ मत प्राप्त गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार खसेको  ८० हजार ४ सय ४६ मत गणना गरिएको थियो। जसमध्ये ७६ हजार ३ सय ८९ मत सदर भएको र ४ हजार ५७ मत बदर भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.