दार्चुला १ मा एमालेका ठगुन्ना विजयी
दार्चुला : दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मेन्द्र जोशी ले १५ हजार ८३६ मत प्राप्त गरेका छन्। ठगुन्ना र जोशीबीच ३ हजार ५५ मतको अन्तर रहेको छ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी का लक्ष्मण दत्त जोशी ले ३ हजार ६५ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सिंह सामन्तले ८ हजार ९३६ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूले भने न्यून मत प्राप्त गरेका छन्।
निर्वाचन कार्यालयका अनुसार दार्चुला १ मा ९२ हजार ९४८ मतदाता रहेकोमा ४९ हजार ९६८ मत खसेको थियो। जसमध्ये ४७ हजार ८९० मत सदर भएको छ भने २ हजार ७८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत भुवन गिरिले बताए।
प्रतिक्रिया दिनुहोस !