सुहाङले दिए मतदातालाई धन्यवाद, जनअपेक्षा पुरा गर्न प्रयत्न गर्ने प्रतिवद्धता

सुहाङले दिए मतदातालाई धन्यवाद, जनअपेक्षा पुरा गर्न प्रयत्न गर्ने प्रतिवद्धता
सुन्नुहोस्

इलाम : प्रतिनिधिसभा निर्वाचनमा इलाम इलाम क्षेत्र नम्बर–२ बाट निर्वाचित नेकपा एमालेका युवा उम्मेदवार सुहाङ नेम्वाङले मतदाताप्रति आभार व्यक्त गर्दै जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि एक  सन्देश जारी गर्दै नेम्वाङले इलामेली आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरूले देखाएको माया, विश्वास र भरोसालाई मतमा परिणत गरी आफूलाई प्रतिनिधि चुनिएको बताएका छन् । उनले उक्त जित आफू मात्रको नभई सम्पूर्ण इलामेली जनताको साझा विजय भएको बताएका छन् ।

नेम्वाङले मतदाताले दिएको अमूल्य मतलाई इलामको समृद्धि र भावी पुस्ताको उज्यालो भविष्यका लागि गरिएको ठूलो लगानीका रूपमा लिएको उल्लेख गर्दै आफू पूर्ण इमानदारी र निष्ठाका साथ जनसेवामा समर्पित रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सन्देशमा उनले इलामको राजनीतिक इतिहास र योगदानलाई स्मरण गर्दै पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्ने शहीद रत्नकुमार वान्तवा र बमप्रसाद वान्तवालाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।  उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति पनि सम्मान प्रकट गरेका छन् ।

निर्वाचन अभियानका क्रममा फाकफोकथुमदेखि माङसेबुङ हुँदै चुलाचुलीसम्म तथा इलाम, देउमाई र माईका विभिन्न बस्तीमा पुगेका क्रममा स्थानीय मतदाताले देखाएको आत्मीयता र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको उनले बताएका छन् ।

नेम्वाङले निर्वाचनमा सक्रियतापूर्वक सहयोग गर्ने नेकपा (एमाले) का केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू, जिल्ला कमिटी, स्थानीय तहका नेतृत्व, विभिन्न जनसंगठनका कार्यकर्ता तथा युवाहरूलाई विशेष धन्यवाद दिएका छन् । उनले सञ्चारकर्मी, निर्वाचन आयोगका अधिकारी, स्थानीय प्रशासन, सुरक्षा निकाय र कर्मचारीहरूको भूमिकाको पनि प्रशंसा गरेका छन् ।

यस्तै चुनावी प्रतिष्पर्धामा रहेका अन्य राजनीतिक दलका उम्मेदवारहरूलाई पनि उनले उज्ज्वल राजनीतिक भविष्यको शुभकामना दिएका छन् । उनीहरूले जनतामाझ उठाएका मुद्दाहरूलाई संसदमा उठाउने जिम्मेवारी आफूले लिने उनले बताएका छन् । मतदानका लागि काठमाडौं तथा विदेशबाट इलाम पुग्ने मतदाताहरू र विभिन्न माध्यमबाट सहयोग तथा शुभेच्छा व्यक्त गर्ने सबैप्रति पनि उनले कृतज्ञता प्रकट गरेका छन् ।

देशभर देखिएको निर्वाचन परिणाम र जनताबाट उठिरहेका प्रश्न तथा आलोचनाप्रति आफू सचेत रहेको बताउँदै नेम्वाङले पार्टी र आन्दोलनलाई जनअपेक्षा अनुसार परिमार्जन र सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । 

उनले पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुन र अझ दृढताका साथ जनसेवामा लाग्न आग्रह गर्दै संगठन, नीति र कार्यशैलीमा आवश्यक सुधार गर्दै आन्दोलनलाई नयाँ उचाइमा लैजानुपर्ने बताएका छन् । नेम्वाङले जनविश्वासलाई ऊर्जा र मार्गदर्शनका रूपमा ग्रहण गर्दै आगामी दिनमा जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.