ब्राउन सुगरसहित कपिलवस्तुमा २ जना पक्राउ

ब्राउन सुगरसहित कपिलवस्तुमा २ जना पक्राउ
सुन्नुहोस्

कपिलवस्तु : कृष्णनगर नगरपालिका-३ झण्डिनगरबाट अवैध लागूऔषध ब्राउन सुगरसहित प्रहरीले भारतीय नागरिक पक्राउ परेका छन्। 

भारत उत्तर प्रदेश सिद्वार्थनगर बरहनी घर भएका २३ वर्षीय मोहसिन हाशमीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनको साथबाट प्रहरीले ९ सय ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। 

साथै थप अनुसन्धानमा क्रममा प्रहरीले कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट भारत सिद्धार्थनगर वढनी बस्ने २३ वर्षीय दीपेन्द्र कश्यपलाई अवैध लागूऔषध ब्राउन सुगरसहित आइतबार दिउँसो पक्राउ गरेको हो।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.