युवा शक्ति: सुशासनको आधार
देशको भविष्य युवाको हातमा सुरक्षित छ। जसले सबैलाई समान अवसर र न्याय सुनिश्चित गर्नेछ । यी सारा कामबाट नेपाललाई विश्वमै उदाहरणीय बनाउन सकिन्छ।
नेपालमा भ्रष्टाचारको समस्या निकै गहिरो छ। सार्वजनिक पदको दुरुपयोग व्यापक रूपमा छ। ट्रान्सपेरेन्सी इन्टरनेसनलले सन् २०२५ को प्रतिवेदन सार्वजनिक गर्यो। नेपालले यसमा ३४ अंकमात्र पायो। नेपाल १०७औं स्थानमा परेको छ। नेपालमा सार्वजनिक पदाधिकारीमा व्यक्तिगत स्वार्थ धेरै छ। सबै व्यक्ति खराब छन् भन्न सकिँदैन। तर भ्रष्टाचारको समस्या निकै व्यापक छ। यसले नातावाद र कृपावादलाई बढावा दियो। सार्वजनिक निर्णयमा जनसहभागिताको ठूलो अभाव छ। प्रशासनमा पारदर्शिताको ठूलो कमी देखिएको छ। निहित स्वार्थको द्वन्द्व यहाँ प्रमुख छ। सार्वजनिक खरिदमा धेरै अनियमितता हुने गर्दछ।
भ्रष्टाचारको जालो र प्रभाव : ठेक्का सम्झौतामा व्यक्तिगत लाभ खोजिन्छ। विकास निर्माणका कार्यमा धेरै बेथिति छ। भौतिक पूर्वाधार निर्माणमा व्यापक भ्रष्टाचार हुन्छ। नियमित मर्मतसम्भारमा पनि रकम हिनामिना छ। सर्वेक्षण र अनुसन्धानमा पारदर्शिता देखिँदैन। बोलपत्र छनोटमा व्यक्तिगत स्वार्थ हाबी छ। रकम निकासा गर्दा घुस लिने गरिन्छ। अनुगमन र मूल्यांकन प्रभावकारी हुन सकेन। सार्वजनिक पदाधिकारीले स्वविवेकको गलत प्रयोग गरे। राजनीतिक विकृतिले देशको ढुकुटीमा ठूलो क्षति पुर्यायो। निर्माण सामग्रीको गुणस्तरमा सम्झौता गरिन्छ। कमिसनका लागि कमसल सामान प्रयोग हुन्छ। लागत मूल्य उच्च राखेर भ्रष्टाचार गरिन्छ। हुँदै नभएको कामको भुक्तानी लिने गरिन्छ। सामान खरिद गर्दा मोटो रकम खाइन्छ। लागत अनुमान अस्वाभाविक रूपमा बढाइने गरिन्छ।
निम्न गुणस्तरको कामलाई सजिलै पास गरिन्छ। ठेक्का प्रक्रियामा सीमित प्रतिस्पर्धा मात्र हुन्छ। योजना तर्जुमा गर्दा संस्थागत हित हेरिँदैन। सूचना चुहाएर व्यक्तिगत फाइदा लिने गरिन्छ। यस्ता कार्यमा राजनीतिक संरक्षण प्राप्त छ। जनताले धेरै महँगो सेवा किन्नुपर्छ। गुणस्तरीय सुविधाबाट आमनागरिक वञ्चित छन्। समयमा कुनै पनि कार्य सम्पन्न हुँदैन। निर्माण कार्यहरू प्रायः असुरक्षित हुने गर्छ। विनियोजित बजेटको व्यापक दुरुपयोग हुन्छ। निर्णय प्रक्रिया अत्यन्तै ढिलो हुने गर्छ। मुलुकको छवि अन्तर्राष्ट्रिय स्तरमा धमिलिएको छ। भ्रष्टाचारले गर्दा ग्रामीण क्षेत्र पछाडि परे। पूर्वाधारमा गरिएको लगानी बालुवामा पानी भयो। कमसल निर्माणले ठूला दुर्घटना निम्त्याएको छ। देशका मणि मानिएका युवा बिदेसिएका छन्। नेपाली युवा खाडी मुलुक जान बाध्य छन्। भ्रष्टाचारले स्वदेशमा अवसरहरू समाप्त पारिदियो। रेमिट्यान्सले मात्र देश सधैं चल्न सक्दैन।
नेपालको सामाजिक र सांस्कृतिक बनावट फरक छ। यहाँको समस्यालाई समयमै सम्बोधन गर्नुपर्छ। युवालाई दक्ष बनाउनु आजको प्राथमिकता हो। सिपयुक्त जनशक्तिले मात्र परिवर्तन ल्याउँछ। भागबन्डा छोडेर नियुक्ति प्रक्रियामा योग्यताको कदर हुनुपर्छ।
युवा पलायन र बाध्यता : युवाका आश्रित परिवार धेरै रोएका छन्। बाकसमा शव आउँदा मुटु छियाछिया हुन्छ। युवा देशका मुख्य शक्ति मानिन्छन्। उनीहरू दक्ष भई स्वदेशमै बस्नुपर्छ। दक्ष युवाले भ्रष्टाचार न्यूनीकरण गर्न सक्छन्। नेपालमा दक्ष कामदारको धेरै अभाव छ। राजनीतिक विकृतिले भ्रष्टाचार झन् बढाएको छ। युवामा नयाँ सोच र ऊर्जा हुन्छ। उनीहरूमा मौलिकता र प्रस्ट स्वभाव छ। गाउँमा मलामी जाने मान्छे पनि छैनन्। युवाको पसिना विदेशमा बगिरहेको छ। सीपमूलक शिक्षा प्रणाली आजको मुख्य आवश्यकता हो। स्वरोजगारको अवधारणा साकार पार्न जरुरी छ। जवाफदेहीबिनाको कामले बेथिति ल्याउँछ। अनियमितताले गर्दा जनताले दुःख पाएका छन्। विकासको बजेट मुठ्ठीभर मानिसको हातमा छ। समयमै काम नसकिँदा लागत खर्च बढ्छ।
अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय हुनुपर्छ। भ्रष्टाचार गर्नेलाई कडा कारबाही हुनुपर्छ। कानुनभन्दा माथि कोही पनि हुन सक्दैन। पारदर्शी समाज चाहिएको छ। घुसखोरीलाई जरैदेखि निर्मूल पार्नुपर्ने देखिन्छ। स्वतन्त्र र सभ्य समाज निर्माण गर्नुपर्छ। हाम्रा सोच पनि परिवर्तन हुन आवश्यक छ। भ्रष्टाचारविरुद्ध सबै नागरिक एकजुट हुनुपर्छ। हालै देशमा ठूलो राजनीतिक परिवर्तन भयो। भदौ २३ र २४ मा जेन–जी आन्दोलन भयो। यसकै जगमा अन्तरिम सरकार गठन भयो। फागुन २१ मा सफलतापूर्वक निर्वाचन सकियो। प्रतिनिधिसभाको निर्वाचन उत्साहपूर्ण रूपमा भयो। राष्ट्रिय स्वतन्त्र पार्टीले भारी बहुमत पायो। जनताले रास्वपालाई ठूलो जिम्मेवारी दिएका छन्।
फेरिँदो राजनीति, नयाँ आशा : कारणवश तलमाथि भएन भने अब रास्वपाले पाँच वर्ष सरकार चलाउनेछ। देशमा सुशासन र समृद्धि कायम हुनुपर्छ। नयाँ नेतृत्वबाट जनताले धेरै आशा गरे। निहित स्वार्थको द्वन्द्व हटाउनै पर्छ। यसको निराकरण बिना विकास सम्भव छैन। स्वच्छ समाज र समृद्ध राष्ट्र निर्माण गरौं। नीतिगत सुधार र कार्यान्वयन सँगै लैजाऔं। नेपालको सामाजिक र सांस्कृतिक बनावट फरक छ। यहाँको समस्यालाई समयमै सम्बोधन गर्नुपर्छ। युवालाई दक्ष बनाउनु आजको प्राथमिकता हो। सीपयुक्त जनशक्तिले मात्र परिवर्तन ल्याउँछ। भागबन्डा छोडेर नियुक्ति प्रक्रियामा योग्यताको कदर हुनुपर्छ। सरकारी निकायहरूमा राजनीतिक हस्तक्षेप अन्त्य गरौं। सुशासनले मात्र युवालाई स्वदेशमा रोक्छ। स्वदेशमै रोजगारी सिर्जना गर्नु अति आवश्यक छ। भ्रष्टाचारमुक्त शासकीय प्रणाली हाम्रो लक्ष्य हुनुपर्छ। जनताले अब परिवर्तनको महसुस गर्नुपर्छ। भ्रष्ट मनोवृत्तिलाई समाजबाटै बहिष्कार गरौं। इमानदार पदाधिकारीलाई प्रोत्साहन दिनु आवश्यक छ।
पारदर्शिता नै लोकतन्त्रको मुख्य खम्बा हो। निर्णय प्रक्रियामा नागरिकको पहुँच पु¥याउनुपर्छ। विकासका योजनाहरू जनमुखी हुनुपर्छ। बजेटको सही सदुपयोग भएमात्र देश बन्छ। प्राविधिक पक्षमा कडाइका साथ अनुगमन गरौं। गुणस्तरहीन काम गर्नेलाई कडा सजाय दिऊँ। सूचनाको हकलाई पूर्ण रूपमा पालना गरौं। बिचौलियाको अन्त्य नै भ्रष्टाचारको समाधान हो। प्रविधिको प्रयोगले अनियमितता कम गर्न सकिन्छ। अनलाइन सेवालाई सरकारी कार्यालयमा विस्तार गरौं। ढिलासुस्ती गर्ने कर्मचारीलाई जवाफदेही बनाउनुपर्छ। सेवाग्राहीको सन्तुष्टि नै प्रशासनको सफलता हो। युवा वर्गले खबरदारी जारी राख्नुपर्छ। सुशासनको यात्रा अब सुरु गरौं।
समृद्धिको बाटोमा दक्ष युवा : नेपाल अब समृद्धिको दिशामा अघि बढ्नुपर्छ। राजनीतिक स्थिरताले विकासको ढोका खोल्नेछ। नयाँ सरकारले चुनावी प्रतिबद्धता पूरा गर्नुपर्छ। जनताले दिएको मतको सम्मान हुनुपर्छ। युवाको श्रम र सीप देशमै लगाऔं। बिदेसिएका युवालाई स्वदेश फर्किने वातावरण बनाऔं। आफ्नै गाउँघरमा उद्यमशीलताको विकास गरौं। कृषि र पर्यटनमा आधुनिकता भिœयाउन सकिन्छ। जलविद्युत्को विकासले अर्थतन्त्र मजबुत बनाउनेछ। गुणस्तरीय पूर्वाधारले मात्र देशको विकास हुन्छ। बाटो र पुलको गुणस्तरमा ध्यान दिऊँ। इन्जिनियर र ठेकेदारलाई जिम्मेवार बनाऔं। सरकारी खर्चमा मितव्ययिता अपनाउनु जरुरी छ। विलासिता त्यागेर उत्पादनशील क्षेत्रमा लगानी गरौं।
देशको भविष्य युवाको हातमा सुरक्षित छ। प्रत्येक नागरिकले आफ्नो कर्तव्य पालना गरौं। असल चरित्र भएका व्यक्तिलाई नेतृत्व छानौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासनको नमुना देखाओस्। भ्रष्टाचारका पुराना फाइलहरू पुनः खोल्नुपर्छ। दोषीलाई कठघरामा उभ्याउने साहस सरकारले गरोस्। कर्मचारीतन्त्रमा व्यापक सुधारको खाँचो देखिन्छ। सरकारी सेवालाई झन्झटमुक्त र सरल बनाऔं। गाउँका दूरदराजमा विकास पुगोस्। स्थानीय तहलाई थप अधिकार र स्रोत दिऊँ। शिक्षा र स्वास्थ्यमा हुने व्यापार रोकौं। सबैलाई समान अवसर र न्याय सुनिश्चित गरौं। हाम्रो राष्ट्रलाई विश्वमै उदाहरणीय बनाउन सकिन्छ।
प्रतिक्रिया दिनुहोस !