काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार, भारत लैजान खोज्ने एक जना पक्राउ

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार, भारत लैजान खोज्ने एक जना पक्राउ
सुन्नुहोस्

झापा : पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार गरिएको छ। उनीहरूलाई ललाइफकाई भारत लैजान खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीका अनुसार उद्धार गरिएका महिलाहरूमा खोटाङको साबिक सुङ्देल गाविस ४ जन्म भई हाल सुनसरी वराहक्षेत्र- ३ नडाह बस्ने ३० वर्षीया मेनुका राई, सोही ठाउँकी २८ वर्षीया प्रमीला राई, २१ वर्षीया मनिषा माझी र सिन्धुपाल्चोक बलेफी गाउँपालिका ६ की २५ वर्षीया सरिता तामाङ रहेका छन्। मंगलबार बेलुका ५ बजे मेचीनगर नगरपालिका- ६ स्थित मेची भन्सार गेट अगाडि इलाका प्रहरी कार्यालय काँकडभिट्टा र आफन्त नेपाल संस्थाबाट खटिएका कर्मचारीको संयुक्त टोलीले नेपालबाट भारततर्फ ती महिलाहरूलाई भारत लैजाँदै गरेका गुल्मी जिल्लाको साबिकको अर्खले गाविस घर भई हाल भारत आसामको गुहावटी बस्दै आएकी ५९ वर्षीया लीलादेवी भन्ने रामपियारी पन्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

पन्थीले हङकङ लैजान भारतीय कागजातहरू बनाइदिने भनी नगदसमेत लिई ती महिलाहरूलाई भारततर्फ लैजाँदै गरेकी प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकी पन्थीको साथबाट ५ लाख ९९ हजार ५४० भारतीय रुपैयाँ र १७ हजार ८१५ नेपाली रुपैयाँ बरामद भएको छ। पन्थीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडाभिट्टामा राखिएको छ भने उद्धार गरिएका महिलाहरूलाई आफन्त नेपाल संस्थामा राखिएको छ।

(यसअघि प्रकाशित तस्बिर फरक पर्न गएकाले हटाइएको छ- सम्पादक)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.