मोटरसाइकल दुर्घटनामा नेपाल प्रहरीका सइको मृत्यु

मोटरसाइकल दुर्घटनामा नेपाल प्रहरीका सइको मृत्यु
सुन्नुहोस्

विराटनगर : विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर बुधबार बिहान नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । 

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत सइ ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी भएर विराटनगरको तालिम केन्द्रमा कार्यरत बोहोराले चलाएको मोटरसाइकल विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा बिहान ७:३५ बजेतिर दुर्घटनामा परेको थियो । 

राजवंशी चोकबाट भित्री सडक खण्ड भएर नोबेल अस्पतालतर्फ जाँदै गरेको स ७ प ९१५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान ९ बजेतिर मृत्यु भएको डीएसपी लामिछानेले बताए । 

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुरको त्रियुगा नगरपालिका–६ का ४१ वर्षीय पेशलकुमार बस्नेत घाइते भएका छन् । मध्यम अवस्थाका उनको नोबेलमै उपचार भइरहेको छ । घाइते बस्नेत मृतक बोहोराको आफन्त हुनसक्ने प्रहरीको अनुमान छ । 

दुर्घटनामा परेको मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा टोली खटाइएको डीएसपी लामिछानेले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.