धरानमा पार्किङ गरेका यात्रुबाहक बसमा आगलागी, ६ वटामा क्षति

धरानमा पार्किङ गरेका यात्रुबाहक बसमा आगलागी, ६ वटामा क्षति
तस्बिर : रत्नप्रसाद आचार्य

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका ६ वटा यात्रुबाहक बसमा आगलागी भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक अनिल माबुहाङले मंगलबार राति करिब १० बजे पार्किङ गरेर राखिएका बसमा अचानक आगलागी भएको जानकारी दिए।

आगलागि भएको जानकारी पाएलगत्तै धरान उपमहानगरपालिकाबाट दमकलसहित प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा करिब ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक माबुहाङले बताए । 

आगलागीका कारण पार्किङमा राखिएका बसमध्ये को १ ख ६२७४ नम्बरको ‘कृष्ण बस’ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक माबुहाङले बताए। त्यस्तै  प्र १–०१–००१ ख ४०३७ नम्बरको कन्काई यातायातको बसको अगाडिको भाग जलेर आंशिक क्षति पुगेको छ। बा ४ ख ५७५९ नम्बरको ‘पाथिभरा दर्शन’ बसको अगाडिको भाग जलेर आंशिक क्षति भएको छ भने को १ ख ३८४७ नम्बरको ‘सुपर मादेन’ बसको पनि अगाडिको भाग जलेर क्षति पुगेको माबुहाङले जानकारी दिए ।null

घटनामा बा ५ ख ५८१४ नम्बरको बसको दाहिने साइडको पछाडिको भाग जलेर आंशिक क्षति भएको छ भने बा ५ ख ५८०९ नम्बरको बसको दाहिने साइडमा समेत आगो लागेर आंशिक क्षति पुगेको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

यातायात व्यवसायी संघ कोशीका अध्यक्ष सरोज श्रेष्ठका अनुसार पार्किङ गरेर राखिएको बसमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.