दाङ- २ का मुख्य प्रतिस्पर्धी विपिन र शंकरको निर्वाचन खर्च सार्वजनिक,कसले कति खर्च गरे ?
दाङ : प्रतिनिधिसभा निर्वाचन २०८२ मा दाङ क्षेत्र नं। २ बाट उम्मेदवार बनी मुख्य प्रतिस्पर्धी रहेका दुई उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। निर्वाचित उम्मेदवार विपिन कुमार आचार्य र उनका निकटतम प्रतिस्पर्धी शंकर पोखरेलले निर्वाचन आयोगमा खर्च विवरण पेश गरेका हुन्। प्राप्त विवरण अनुसार आचार्यको तुलनामा पोखरेलको खर्च केही बढी देखिएको छ।
शंकर पोखरेलको खर्च १७ लाख ५० हजार
नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका शंकर पोखरेलले सत्र लाख पचास हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। उनको खर्च मुख्यतया सवारी साधन र इन्धनमा केन्द्रित देखिएको छ। पोखरेलले बुझाएको विवरण अनुसार सवारी साधन र इन्धन ६लाख ५० हजार ९ घोडा प्रयोग गरिएकोमा दानासमेत प्रचार प्रसार सामग्री १ लाख ५०हजार, गोष्ठी तथा अन्तरक्रिया १लाख ५० हजार कार्यालय संचालन १ लाख ५० हजार, प्रतिनिधि परिचालन १ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
विपिन कुमार आचार्यको खर्च १६ लाख २९ हजार
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित उम्मेदवार विपिन कुमार आचार्यले १६ लाख २९ हजार ५ सय ६२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् । आचार्यको खर्चको ठूलो हिस्सा प्रचार प्रसार र सामाजिक सञ्जालमा देखिएको छ।
उनको विवरण अनुसार प्रचार प्रसार सामग्री ४लाख ३५ हजार १२५, सवारी साधनरढुवानी ३,लाख ५९ हजार ३५०,छापा तथा विद्युतीय माध्यम ९सामाजिक सञ्जालसहित० २ लाख, गोष्ठी, अन्तरक्रिया तथा सभा २लाख १४हजार ५५ , प्रतिनिधि तथा स्वयंसेवक परिचालन १लाख ८९हजार ६८० रहेको छ ।
दुवै उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमा भित्रै रहेर खर्च गरेको विवरण बुझाएका छन्। शंकर पोखरेलले फागुन २७ गते र विपिन आचार्यले फागुन २६ गते नै आफ्नो खर्च विवरण पेश गरेका हुन्।
आचार्यको खर्च विवरणमा सामाजिक सञ्जाल र प्रचार प्रसारमा बढी जोड दिइएको देखिन्छ भने पोखरेलको खर्चमा सवारी साधन र विविध परिचालनमा बढी खर्च भएको देखिएको छ। निर्वाचन ऐन २०७४ को दफा ७२ बमोजिम उम्मेदवारहरूले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने बाध्यात्मक कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस !