धरानमा रगतको अभाव, बिरामीको उपचारमा समस्या

धरानमा रगतको अभाव, बिरामीको उपचारमा समस्या
तस्बिर : रत्नप्रसाद आचार्य
सुन्नुहोस्

सुनसरी : सुनसरीको धरानमा रगतको अभाव भएको छ। निर्वाचनका कारण केही समयदेखि रक्तदान कार्यक्रम कम हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा रगतको अभाव भएको छ। 

नेपाल रेडक्रस सोसाइटी सुनसरीले प्रतिष्ठान परिसरभित्र सञ्चालन गरेको ब्लड बैंकमा विभिन्न ब्लड ग्रुपको रगत अभाव भएको रेडक्रस सुनसरीका सभापति उमेश थापाले जानकारी दिए। उनले बी पोजेटिभ, एबी पोजेटिभ, ओ नेगेटिभ र बी नेगेटिभ लगायतका ब्लड ग्रुपको रगत अभाव भएको बताए । हाल ब्लड बैंकमा ए र ओ समूहको रगत मात्र सीमित मात्रामा उपलब्ध रहेको उनले बताए।

रगत अभावका कारण प्रतिष्ठानमा उपचार गराइरहेका बिरामीहरूलाई समस्या भइरहेको चिकित्सकहरूले बताएका छन्। विशेषगरी गर्भवती महिलाको शल्यक्रिया तथा दुर्घटनामा परेका बिरामीहरूको आकस्मिक शल्यक्रिया उपचारमा समस्या भएको छ।

प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डाक्टर रोहित रिजालका अनुसार रगत अभावका कारण गर्भवती महिलालाई सुत्केरी गराउने प्रक्रियामा समेत समस्या देखिएको छ। शल्यक्रियाका लागि आवश्यक रगत उपलब्ध नहुँदा उपचार व्यवस्थापन गर्न चुनौती भइरहेको उनको भनाई छ ।

धरानमा देखिएको रगत अभावको समस्या समाधान गर्न नेपाल रेडक्रस सोसाइटी सुनसरीले विभिन्न सामाजिक संघ–संस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न आह्वान गरेको छ। रेडक्रसले नागरिकलाई बीओएए प्रतिष्ठानको ब्कड बैंकमा आएर स्वेच्छिक रक्तदान गरि बिरामीको जीवन बचाउन सहयोग गर्न अपिल गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.