इन्धन बोकेर भारत आउँदै गरेको जहाजमा ‘स्ट्रेट अफ होर्मुज’ मा हमला

इन्धन बोकेर भारत आउँदै गरेको जहाजमा ‘स्ट्रेट अफ होर्मुज’ मा हमला
सुन्नुहोस्

भारत : विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निशानामा भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि परेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ ।

इजरायलले लेबननस्थित हेजबुल्लाहका ठेगानामा नयाँ चरणको हमला शुरु गरेको छ । इजरायली अधिकारीहरूले यस कदमलाई आफ्नो देशमाथि भएको क्षेप्यास्त्र प्रहारको जवाफ भएको बताएका छन् । लेबननमा हालको तनावले सीमा क्षेत्रमा सुरक्षा चुनौती बढाएको छ र स्थानीय बासिन्दाहरूको जीवन प्रभावित भएको छ ।

खाडीमा तेल ट्याङ्करमाथि हिंसक घटनाहरू

बासरा बन्दरगाह नजिकै पर्सियन गल्फमा दुई विदेशी तेल ट्याङ्करमा विष्फोट भएको छ । इराकी अधिकारीहरूले एउटा व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् भने केही चालक दल उद्धार गरिएको र खोजीकार्य जारी रहेको बताएका छन् ।

इराकी प्रधानमन्त्री मोहम्मद शिआ अल–सुदानीले इरानी राष्ट्रपति मसूद पेजेस्किआनलाई स्पष्ट पारेका छन् कि इराकमाथि हुने आक्रमण अस्वीकार्य छ र आफ्नो देशलाई कुनै पनि पक्ष वा व्यक्तिले इरानमाथि आक्रमण गर्न प्रयोग गर्न नदिने बताएका छन् ।
यसअघि बुधवार स्ट्रेट अफ हर्मुजमा अज्ञात स्रोतबाट भएको आक्रमणमा तीन व्यावसायिक जहाज क्षतिग्रस्त भएका थिए । भारतीय अधिकारीहरूले तीमध्ये एक जहाज भारत आउँदै गरेको जानकारी दिएका छन् ।

गल्फका राष्ट्रहरू र ड्रोन चेतावनी
यूएईले इरानबाट सम्भावित क्षेप्यास्त्र आक्रमणको चेतावनीका बीच सुरक्षा कदमहरू अघि बढाएको छ । कतारले केही ड्रोनहरूलाई रोक्न सफल भएको जनाएको छ । साउदी अरबले १८ वटा ड्रोनहरूलाई विफल बनाएको दाबी गरेको छ ।

वर्ल्ड ट्राभल एन्ड टुरिज्म काउन्सिल (डब्ल्यूटीटीसी) अनुसार, इरानसँग सम्बन्धित तनावले मध्यपूर्वको पर्यटन क्षेत्रलाई दैनिक करिब ६० करोड अमेरिकी डलर बराबरको नोक्सानी पुर्‍याइरहेको छ । तेल बजारमा पनि यसको प्रभाव स्पष्ट देखिएको छ । बिहीवार एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य ६.५ प्रतिशत बढेर ४९७.९३ प्रति ब्यारेल पुगेको छ । अमेरिकी बजारमा कच्चा तेलको मूल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का ३२ सदस्य राष्ट्रहरूले बजार स्थिर राख्न विश्व इतिहासकै ठूलो तेल भण्डार निकासा गर्ने निर्णय गरेका थिए । यसमा यूके र अमेरिका समेत छन् र करिब ४० करोड ब्यारेल तेल बजारमा ल्याइनेछ । अमेरिकी योगदान लगभग आधा हुनेछ, जुन विश्वको करिब चार दिनको तेल खपत बराबर हो । 

इरानको चेतावनी

इरानले स्ट्रेट अफ हर्मुजबाट तेल ट्याङ्करको आवतजावत रोक्न चेतावनी दिँदै आएको छ । उनीहरूले कच्चा तेलको मूल्य ४२०० प्रति ब्यारेलसम्म पुग्न सक्ने दाबी गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.