इनिशा विकलाई न्याय माग्दै विद्यार्थीहरू सडकमा

इनिशा विकलाई न्याय माग्दै विद्यार्थीहरू सडकमा
सुन्नुहोस्

काठमाडौं : इनिशा विक हत्या प्रकरणको छानविन र दोषिलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । इनिशा विकलाई न्याय दिनुपर्ने भन्दै पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंको बागबजारदेखि माइतिघरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले इनिशा विकलाई न्याय दे,बलात्कारीलाई फाँसी दे, नारीहरूको सुरक्षा गर, घटनाको निष्पक्ष सम्मान गर लगायतका नारा लगाएका थिए । कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले पीडित परिवारले न्याय नपाएसम्म विरोध प्रदर्शन नरोकिने जनाएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.