नव जनजागृति क्लबले १० खेलपछि पहिलो अंक जोड्यो
काठमाडौं : काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युथ क्लब नवजनजागृति क्लबसँग बराबरीमा रोकिएको छ।
शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो र नवजनजागृतिले १–१ गोलको बराबरी खेलेका हुन्।
खेलको २६औं मिनेटमा विक्रम थोकरले नवजनजागृतिका लागि गोल गरेका थिए भने खेलको ४८ औं मिनेटमा अरुण लामाले सातदोबाटोका लागि गोल गर्दै बराबरीमा ल्याए।
त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन। बराबरीसँगै नवजनजागृति क्लबले १० खेलपछि पहिलो अंक जोड्न सफल भएको छ। त्यस्तै समान खेल खेलेको सातदोबाटोको ८ रहेको छ।
प्रतिक्रिया दिनुहोस !