गोरखामा माइक्रो दुर्घटना : मृत्यु हुने ७ जनानै भारतीय नागरिक
गोरखा : शनिबार राती गोरखाको मनकामनामा भएको इभी माइक्रोभ्यान दुर्घटनामा मृत्यु हुने सबै तीर्थयात्री भारतीय रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मनकामनाको पूजा गरी फर्कने क्रममा उनीहरू सवार बाग्मती प्रदेश १—००६ख८४३० नम्बरको माइक्रो बस सहिद लखन गाउँपालिका- ३ कानटार नजिककैको भीरबाट खस्दा सात जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेहरूमा भारतीय नागरिक ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीय मिनाक्षी, ५३ वर्षीया शिवगामी, ५७ वर्षीया विजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशी रहेको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए।
१६ जना सवार सो माइक्रोबसमा ११ जना महिला र ५ जना पुरुष रहेका थिए। चालक र सहचालक बाहेक सबै भारतीय नागरिक रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !