बेरुतमा इजरायलद्वारा आक्रमण: राष्ट्रसंघीय शान्ति सैनिकमाथि प्रहार

बेरुतमा इजरायलद्वारा आक्रमण: राष्ट्रसंघीय शान्ति सैनिकमाथि प्रहार
फाईल तस्विर
सुन्नुहोस्

बेरुत : इजरायली सेनाले गएराति लेबनानको राजधानी बेरुतसहित देशका विभिन्न भागमा भीषण हवाई आक्रमण गरेको छ। लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार बेरुतको दक्षिणी उपनगर र दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा रातभरि श्रृंखलाबद्ध विस्फोटका आवाजहरू सुनिएका थिए।

आक्रमणको केन्द्रमा हिजबुल्लाहको गढ रोयटर्सले सार्वजनिक गरेको भिडियो फुटेजमा हिजबुल्लाहको बलियो प्रभाव रहेको बेरुतको दक्षिणी उपनगरमा हवाई आक्रमणपछि धुवाँको ठूलो मुस्लो उठेको देखिएको छ। इजरायली सेनाले हिजबुल्लाहका सैन्य संरचनाहरूलाई लक्षित गर्दै दक्षिणी लेबनान, बेरुतका केही भाग र बेका उपत्यकामा आक्रमण तीव्र पारेको छ। आक्रमण अगाडि इजरायलले ती क्षेत्रका सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान कडा चेतावनी समेत जारी गरेको थियो। पछिल्लो समय लेबनान र इजरायलबीचको द्वन्द्वले उग्र रूप लिँदै गएको छ।

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, हालसम्मको द्वन्द्वमा ८५० जनाको मृत्यु भइसकेको छ भने २,१०० भन्दा बढी मानिस घाइते भएका छन्। 

यसैबीच, आइतबार गस्तीमा रहेका संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूमाथि पनि आक्रमण भएको छ। राष्ट्रसंघले जारी गरेको विज्ञप्ति अनुसार 'गैर-राज्य सशस्त्र समूह' ले उनीहरूमाथि गोली प्रहार गरेका थिए, तर यस घटनामा मानवीय क्षति भने भएको छैन।

अर्कोतर्फ सशस्त्र समूह हिजबुल्लाहले पनि इजरायलमाथि प्रत्याक्रमण तीव्र पारेको छ। हिजबुल्लाहका अनुसार उनीहरूले सोमबार मात्रै ५ वटा आक्रमण गरिसकेका छन्। यसअघि आइतबार इजरायली भूमि, गोलान हाइट्स र लेबनानमा रहेका इजरायली सेनाका ठेगानाहरूलाई लक्षित गरी २५ वटा सफल आक्रमण गरिएको दाबी हिजबुल्लाहले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.