ग्यास अभाव भएपछि बजार अनुगमन, अनावश्यक मौज्दात नगर्न निर्देशन

ग्यास अभाव भएपछि बजार अनुगमन, अनावश्यक मौज्दात नगर्न निर्देशन

नुवाकोट : खाना पकाउने ग्यास अभाव भएपछि नुवाकोटमा अनुगमन गरिएको छ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि जिल्ला बजार अनुगमन समितिले बजारमा रहेका ग्यास डिपो,विक्रेता तथा पसलमा छड्के अनुगमन गरेको हो । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको संयुक्त टोलीले नुवाकोटका विभिन्न बजारमा रहेका ग्यास डिपो तथा पसलको अनुगमन गरेको हो । 

मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्रिय बजारमा ग्यास आपूर्तिमा समस्या आएपछि नुवाकोटमा समेत अभाव भएको हो।   विभिन्न सातवटा ग्यास डिपो,विक्रेता तथा पसलमा अनुगमन गरिएको सहायक प्रजिअ हुमागाइले बताए । 

उनले भने,' बजारमा ग्यास अभाव पाइयो,मौज्दात नगर्न भनेका छौं,धेरैजसोमा ग्यास अभाव रहेको र केहीले भने आएका ग्याका सिलिण्डर तत्काल उपभोक्तालाई विक्री गरेको समेत पाइएको छ । '

null

बट्टार,गंगटे,पिपलटारलगायतका स्थानमा ग्यास अनुगमन गरिएको समितिका सदस्य सचिव तथा उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेले जानकारी दिए ।  अनुगमनका क्रममा बट्टार दम्कीस्थित ग्यास विक्रेता राजु वोगटीले आफ्नो डिपोमा दैनिकरुपमा ग्यास आयात भइरहेको र आफूले सरकारले तोकेकै आधारमा ग्यास दिने प्रतिवद्धता जनाए।

अनुगमनमा खाद्य प्रविधि कार्यालय,पशु सेवा कार्यालय, प्रहरी, उपभोक्ता हित संरक्षण मन्चलगायत सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।  एलपी ग्यास र पेट्रोलिय पदार्थको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।  ग्यास अभाव हुनेगरी मौज्दात नगर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.