केश्मभित्र इरानको भूमिगत क्षेप्यास्त्र किल्ला र भौगोलिक चमत्कार

केश्मभित्र इरानको भूमिगत क्षेप्यास्त्र किल्ला र भौगोलिक चमत्कार
सुन्नुहोस्

इरान : केश्म टापु इरानको ‘स्ट्रेट अफ होर्मुज’ मा अवस्थित यसको भूमिगत क्षेप्यास्त्र किल्ला र अद्भुत भू–आकृति विशेषताका कारण चर्चामा छ । कहिल्यै यसको जटिल नुनका गुफा र हरिया म्याङ्ग्रोभ वनका कारण ‘खुला आकाशमुनिको भूगर्भीय सङ्ग्रहालय’ भनेर चिनिने यस टापु अहिले भने समुद्रमुनि लुकेको संरचनाका कारण विश्वको ध्यान तानेको छ ।

जब संयुक्त राज्य अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भयो । केश्म पर्यटन केन्द्रबाट अग्रपंक्तिको सैन्य किल्लामा परिणत भयो । अहिले यो स्ट्रेट नियन्त्रणका लागि प्रमुख रणनीतिक लक्ष्य बनेको छ । झण्डै १,४४५ वर्ग किलोमिटर क्षेत्रफल भएको यो टापु खाडीको प्रवेशद्वारमा प्रभुत्व जमाउँदै विश्वको महत्वपूर्ण ऊर्जा मार्गलाई ‘कर्क’ जस्तै थुन्न सक्ने अवस्थामा छ ।

यहाँका करिब १,४८,००० बासिन्दा-मुख्यतः सुन्नी मुस्लिम-अझै पनि समुद्रमा आधारित जीवन बिताउँछन् । उनीहरूले हरेक वर्ष ‘माछा मार्ने नयाँ बर्ष’ Nowruz Sayyadi मनाउँछन्, जसमा समुद्रप्रति सम्मान जनाउँदै माछा मार्ने काम रोकिन्छ । तर मार्च ७ मा, युद्ध सुरु भएको एक हप्तापछि, अमेरिकी हवाई आक्रमणले टापुको प्रमुख पानी प्रशोधन केन्द्रलाई लक्षित गर्‍यो, जसले ३० गाउँमा खानेपानी आपूर्ति बन्द गरिदियो । यसको जवाफमा इस्लामिक रिभोलुसनरी गार्ड क्रप्सले Juffair स्थित अमेरिकी आधारमा आक्रमण गरेको दाबी गर्‍यो ।

स्ट्रेटको किल्ला : ‘मिसाइल सहर’
केश्म अहिले ‘बन्दर अब्बास’ बाट करिब २२ किमी दक्षिणमा अवस्थित, इरानको ‘नडुब्ने विमानवाहक पोत’ जस्तै बनेको छ । विश्लेषकहरूका अनुसार, यहाँ भूमिगत सुरुङ र संरचनामा लुकेका तीव्र आक्रमण नौकाहरू र क्षेप्यास्त्र प्रणालीहरूले स्ट्रेट अफ होर्मुज नियन्त्रण गर्ने क्षमता राख्छन् । यी ‘मिसाइल सहर’ हरूको मुख्य उद्देश्य-आवश्यक परे समुद्री मार्ग बन्द गर्नु हो । हालै इरानले जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि जलमार्गमा आवतजावत लगभग ठप्प भएको थियो ।

धेरै नाम बोकेको टापु
इतिहासमा यस टापुलाई विभिन्न नामले चिनिएको छ । ग्रीक अन्वेषक ‘नेआर्कस’ ले यसलाई ‘ओअरेक्टा’ भनेका थिए । पछि इस्लामिक भूगोलविदहरूले ‘अबार्कावान’ नाम दिए । १३०१ मा होर्मुजका शासकहरूले आक्रमणबाट बच्न आफ्नो दरबार यहीँ सारेका थिए । यो टापु क्षेत्रको मुख्य पानी स्रोत पनि थियो ।

१५५२ मा ओटोमन कमाण्डर ‘पिरी रेस’ ले यसमा आक्रमण गर्दै ठूलो सम्पत्ति कब्जा गरेका थिए । १६२१ मा पोर्चुगिजहरूले यहाँ किल्ला बनाए, तर १६२२ मा फारसी र बेलायती संयुक्त सेनाले उनीहरूलाई हटायो । यस युद्धमा बेलायती अन्वेषक ‘लिलियम बेफिन’ मारिएका थिए ।

प्राकृतिक सम्पदा : युद्धको बीचमा संग्रहालय
सैन्य गतिविधिका बाबजुद केश्म अझै मध्यपूर्वको एक जैविक रूपमा धनी क्षेत्र हो । यो केश्म जियोपाकै (२००६ मा मान्यता प्राप्त) र हारा म्याङ्ग्रोभ वनको घर हो ।

यसका प्रमुख प्राकृतिक स्थलहरू :
भ्याली या स्टार्स हजारौं वर्षको क्षरणले बनेका अनौठा चट्टानी संरचना । 
नुनले बनेको गुफा : ६ किमीभन्दा लामो, विश्वकै लामो नुन गुफामध्ये एक ।
गहिरो र साँघुरो खोच : अग्ला पर्खाल भएको साँघुरो चट्टानी गल्छी, प्राकृतिक मन्दिर जस्तै देखिन्छ । यसरी, केश्म टापु प्राकृतिक सौन्दर्य र सैन्य रणनीतिकताको अनौठो संगम बनेको छ-जहाँ इतिहास, भूगोल र आधुनिक युद्ध एकै ठाउँमा भेटिन्छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.