खोटाङमा हेलिकोप्टर दुर्घटनाका घाइते र पाइलटलाई काठमाडौं ल्याइयो

खोटाङमा हेलिकोप्टर दुर्घटनाका घाइते र पाइलटलाई काठमाडौं ल्याइयो

काठमाडौं : खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेसीमा भएको एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा घाइते भएका यात्रु र पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। घाइते राईको काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको जनाइएको छ। पाइलट सबिन थापाको अवस्था सामान्य छ।

दुर्घटनामा घाइते भएका काजिबहादुर राई र  पाइलट थापालाई  डाइनेष्टि एयरको अर्को हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं  ल्याइएको हो। अन्य यात्रुहरू सम्झना राई, समला राई,बालकुमार राई र डाकमणी राईको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रकाश बुढाथोकीले जानकारी दिए।

डीएसपी बुढाथोकीका अनुसार डाकमणी राईको परिवार पारिवारिक कामका लागि हेलिकोप्टर चार्टड गरी बुधबार गृह जिल्ला खोटाङ गएका थिए। सोही क्रममा हेलिकोप्टर अवतरण गर्ने क्रममा अनियन्त्रित भइ दुर्घटनामा परेको हो।

दुर्घटनामा परेको हेलिकोप्टर क्षतिग्रस्त भएको छ।

 

यो पनि पढ्नुहोस

 

 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.