सुनको मूल्य एकैदिन ५ हजार ४०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। यसदिन प्रतितोलामा ५ हजार ४०० रुपैयाँले घटेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५ हजार ४०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० पुगेको हो। बुधबार एक तोला सुन ३ लाख ७ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले घटेको छ। महासंघका अनुसार १४० रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सोही परिमाणको चाँदी ५ हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !